ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन हुने

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर संरचरना परिर्वतन हुने भएको छ । कम्पनीको पूँजी संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०:४०) रहेकोमा सो अनुपातलाई ५१:४९ कायम गर्ने जानकारी गराएको हो । 

उक्त शेयर संरचना कायम गर्न कम्पनीको साधारण सभा र बीमा समितिबाट स्वीकृति पाएको जानकारी गराएको छ । 

सो अनुपातमा संस्थापक शेयर कायम गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न चाहेमा वा नचाहेमा वा गर्ने इच्छा नभएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन संस्थापक शेयरधनीलाई अनुरोध गरेको छ । 

उक्त अवधिमा शेयर परिवर्तन गर्ने नगर्ने जानकारी प्राप्त भएमा प्रचलित कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्