ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेको इन्स्योरेन्ससहित तीन ओटा कम्पनीको साधारण सभा बिहीवार 

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीको साधारण सभा  बिहीवार हुँदैछ । नेको इन्स्योरेन्स कम्पनी, आँधीखोला लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् । 

नेको इन्स्योरेन्स कम्पनीले बिहान ११ बजे कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट सभा गर्ने जानकारी गराएको छ । सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । असार १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

त्यसैगरी, आँधीखोला लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा बिहीवार बिहान ११:३० बजे होटल गाउँवेशीको सभाहल वालिङ ८, स्यांजामा हुने जानकारी गराएको हो । 

सभाले यस कम्पनी र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । 

आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको

शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ । हाल कम्पनी धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेकाले २०७६ पुस २ गतेबाट शेयर कारोबार रोक्का रहेको छ । 

नेशनल हाइड्रोपावर कम्पनीले बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै सभाले लोअर इर्खूवाहाइड्रो पावर कम्पन लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणपमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा २०७७ फागुन २ मा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यस नेशनल हाइड्रोपावर कम्पनीमा अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्