ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्तको एकीकृत कारोबार शुरु

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको छ ।

राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेश स्तरको शालिग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।  एकीकृत कारोबारको शुभारम्भ सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबर्द्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा गरेका हुन् ।

यी दुबै कम्पनीले जेठ २४ गते बसेको छुट्टा - छुट्टै विशेष साधारण सभा मार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएसँगै एकीकृत कारोबार सम्पन्न भएको हो ।

शालीग्राम लघुवित्तको १०० कित्ता शेयर बराबर सिवाईसी नेपाल लघुवित्तलाई ७५ कित्ता शेयर दिने गरी शालीग्राम लघुवित्तलाई प्राप्ति गरेको हो । 

प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. १२ करोड १६ लाख रहेको छ । अव कम्पनीले ३८ ओटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्नेछ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्