ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनएमबि फिप्टीसहित ५ ओटा म्युचुअल फण्डको इकाईमा उच्च खरीद माग

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । बुधवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा ५ ओटा म्युचुअल फण्डको इकाई खरीदमा उच्च माग रहेको छ । 

ग्लोबल आएमई समुन्नत स्किम १, एनएमबि फिप्टी, प्रभु सेलेक्ट फण्ड, सानिमा लार्ज क्याप फण्ड र सिटीजन्स म्युचुअल फण्ड १ को इकाईमा उच्च खरीद माग रहेको हो । 

यी ५ ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नतको इकाईमा ८ लाख ५३ हजार ४१८ इकाई खरीदको लागि माग रहेको छ ।

त्यसैगरी, दोस्रोमा एनएमबि फिप्टीको ६ लाख ९० हजार इकाई माग, प्रभु सेलेक्ट फण्डको ६ लाख ५० हजार ६२२ इकाई, सानिमा लार्ज क्याप फण्डको ६ लाख १४ हजार १५० इकाई र सिटीजन्स म्युचुअल फण्डको ६ लाख १० हजार ३०० इकाईको लागि खरीद माग रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्