ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

 तीन ओटा कम्पनीको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन  बिहीवार

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म रहेको छ ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।

 बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता संस्थापक शेयर,मेरो माइक्रोफाइनान्सको ५६ हजार ८६८ कित्ता र महुली लघुवित्त वित्तीय संस्थाको५३ हजार ७० कित्ता शेयर लिलामीमा ल्याएको हो । 

उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले आरएमडिसीको न्यूनतम मूल्य  प्रतिकित्ता रू.४७३,महुलीको रू.७५२ र मेरो माइक्रोफाइनान्सको रू. ५३४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

ती तीन ओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्