ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हिमालयन पावर पार्टनरसहित ५ ओटा कम्पनीको शेयरमूल्य उच्चदरमा वृद्धि

२०७८ असार, ३०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधवार कारोबारमा आएका २१४ ओटा कम्पनीमध्ये पाँच  ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । 

यो दिन हिमालयन पावर .पार्टनर, नेपाल फाइनान्स, कालिका पावर कम्पनी,रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो ।

ती कम्पनीहरुमध्ये हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा बढी अर्थात् अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४५४ पुगेको हो । 

त्यसैगरी नेपाल फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ७१ प्रतिशत, कालिका पावरको ७ दशमलव ११ प्रतिशत,रसुवागढी हाइड्रोपावरको ५ दशमलव ९४ प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ । 
ती पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यसोत पछिल्लो समय लगानीकर्ताले पर्ख र हेरको नीतिलाई अबलम्वन गर्दै समूहगत लगानी गरिरहेका छन् ।

सोही कारण पनि यो दिन अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएको छ । गत आइतवारदेखि मंगलवारसम्म विकास बैंक र फाइनान्स समूहका कम्पनीहरुको शेयरमूल्य बढेका थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्