ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दाङमा दुर्लभ रेडपाण्डाको छालासहित दुई जना पक्राउ

२०७८ असार, ३०  
प्रदेश ०५
Image Not Found
फाइल फोटो

असार ३०, दाङ । दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रातो हाब्रे (रेडपाण्डा)को छाला ओसारपसार तथा विक्रीवितरण गरिरहेका दुई जनालाई बुधवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा रातो हाब्रेको छाला विक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । 

उनीहरूको साथबाट पुच्छरदेखि टाउँकासम्म दुई फिट १० इन्च लम्बाइ भएको नंग्रा सहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुंगा सानो ठूलो गरी ३२ ओटा र मोबाइल एक थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्