ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि, २९०५ जना संक्रमित थपिए

२०७८ असार, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८ कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ ।

मन्त्रालयका अनुसार बुधवार ८ हजार १०८ पीसीआर परीक्षणमा २ हजार १० जना र ४ हजार ९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । 

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ पुगेको छ । सक्रिय संक्रमितमध्ये २४ हजार ९९ जना होम आइसोलेशनमा र २ हजार ५४८ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

यसैगरी, बुधवार १ हजार ६०६ जना निको भएसँगै हालसम्म ६ लाख २४ हजार ७११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्