ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सूर्य नेपालले दियो नारायणी अस्पताललाई स्वास्थ्य उपकरण 

२०७८ असार, ३०  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, वीरगञ्ज । सूर्य नेपाल प्रालिले वीरगञ्जको नारायणी अस्पताललाई बुधवार स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

सो कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ह्विल चेयर, प्यासेन्ट मोनिटर र एबीजी मेशिन १ सेट प्रदान गरेको हो । ४० लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण गरिएको सूर्य नेपालका महाप्रबन्धक प्रभाकरविक्रम शाहले बताए । 

शाहले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । यस्ता स्वास्थ्य उपकरणले अस्पतालको संस्थागत क्षमता अभिवृद्धिमा थप सहयोग पुगेको डा प्रधानले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्