ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चीनको निर्यात ३२% ले बढ्यो 

२०७८ असार, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

असार ३०, पेचिङ (चीन) । जुनमा चीनको निर्यातमा उच्च वृद्धि भएको छ । यसले कोरोना भाइरसको महामारीको प्रभावबाट अर्थतन्त्रमा निरन्तर पुनर्बहाली आइरहेको संकेत गरेको छ । 

गत वर्षको सोही अवधिको तुलनामा सो अवधिमा निर्यात ३२ दशमलव २ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ४० करोड डलरमा पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो मेको तुलनामा धेरै हो । अघिल्लो महीना निर्यात २८ प्रतिशतले बढेकोे थियो । 

समीक्षा अवधिमा आयात पनि ३६ दशमलव ७ प्रतिशतले बढेर २ खर्ब २९ अर्ब ९० करोड डलरमा पुगेको छ । आयातमा भएको यो वृद्धि चाँहि अघिल्लो महीनाको तुलनामा सुस्त हो । मेमा चीनको आयात ५१ प्रतिशतले बढेको थियो । कोरोना भाइरसको महामारीबाट विश्वको आर्थिक पुनर्बहालीलाई चीनले नेतृत्व गरिरहेको छ । तर त्यहाँको घरेलु उपभोक्ता र अन्य आर्थिक गतिविधि चाँहि सुस्ताएको छ । 

अमेरिकातर्फको निर्यात १७ दशमलव ८ प्रतिशतले बढेर ४६ अर्ब ९० करोड डलरमा पुगेको छ । अमेरिकी वस्तु आयात पनि ३७ दशमलव ६ प्रतिशतको वृद्धिसहित १४ अर्ब ३० करोड डलरमा पुगेको छ । 

गत वर्षको सोही अवधिको तुलनामा जुनमा बाँकी विश्वसँगको व्यापारमा चीनको बचत ११ प्रतिशतले बढेर ५१ अर्ब ५० करोड डलरमा पुगेको छ । अमेरिकासँगको व्यापारमा बचत पनि १० दशमलव ९ प्रतिशतले बढेर ३२ अर्ब ६० करोड डलरमा उक्लिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्