ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फ्रान्सेली नियामकले गूगललाई तिराए ५० करोड यूरो जरिवाना 

२०७८ असार, ३०  
अन्तरराष्ट्रिय
Image Not Found

असार ३०, पेरिस (फ्रान्स) । फ्रान्सेली नियामकले अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगललाई ५० करोड यूरो जरिवाना तिराएको छ । 

समाचार संस्थाहरुको समाचारहरु प्रयोग गर्नेबारे सम्बन्धित पक्षहरुसँग वार्ता गर्न भनेर दिइएको आदेशको पालना गर्न नसकेपछि कम्पनीलाई सो क्षतिपूर्ति तिराइएको हो । 

आफ्नो मञ्चमा समाचार संस्थाहरुले तयार पारेको समाचार र लेख प्रयोग गर्न वार्ता गर्न फ्रान्सको प्रतिस्पर्धासम्बन्धी निकायले गत वर्ष कम्पनीलाई आदेश दिएको थियो । तर कम्पनीले सो आदेशको पालना गर्न नसकेको मंगलवार नियामकले बताएको छ । 

नियामकले कम्पनीलाई दुई महीनाभित्र क्षतिपूर्ति तिर्न भनेको छ । सो आदेशको पनि पालना गर्न सकेन भने गूगलले दैनिक ९ लाख  यूरोसम्म जरिवाना तिर्नु पर्नेछ । कम्पनीलाई दिएको आदेश उनीहरुले सावधानी पूर्वक पालना गर्नुपर्ने भएपनि गूगलले त्यस्तो नगरेको नियामक निकायले बताएको छ । 

कम्पनीले सन् २०२० को मे र सेप्टेम्बरको बीचमा वार्ताहरु गरेको र त्यसयता प्रकाशक र समाचार संस्थाहरुसँग साझा आधार खोज्ने काम निरन्तर भएको गूगलको भनाइ छ । पछिल्लो आदेशलाई कम्पनी निकै निराश बताएको छ । 

हालैका वर्षहरुमा गूगल र अन्य ठूला प्रविधि कम्पनीहरुसमक्ष यिनीहरुले प्रयोग गर्ने समाचार सामग्रीको लागि सम्बन्धित समाचार संस्थालाई भुक्तानी गर्ने माग बढेका छन् । समाचार संस्थाहरुले तयार पारेको समाचार प्रयोगबापत यस्ता कम्पनीहरुलाई प्रभावकारी ढंगले भुक्तानी गर्न लगाउन अष्ट्रेलियाले कानून नै पारित गरेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्