ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सगरमाथा इन्स्योरेन्सको सभाले पारित गर्‍यो ११. ५८ % लाभांश 

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण आज (बुधवार) सम्पन्न गरेको छ । 

कम्पनीले प्रधान कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको छ । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५८ प्रतिशत वितरणको प्रस्ताव पारित गरेको । 

लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । 

भर्चुअल माध्यमबाट सम्पन्न गरिएको उक्त साधारण सभामा ८२ जना शेयरधनीको उपस्थिति रहेको थियो भने स्वयम् उपस्थिति शेयरधनीको संख्या १५ जना रहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्