ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । असार २८ गतेदेखि निष्कासन तथ विक्री खुला भएको लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । 

साढे ८ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमा अब साउन ११ गतेसम्म आवेदन दिन सकिने भएको छ । 

कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

कुल कित्तामध्ये रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

यो ऋणपत्र खरीदका लागि आवेदन दिने छिटो अवधि आज (बिहीवार) सम्म रहेको भएपनि माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधि साउन ११ गतेसम्म विक्री खुला गर्ने कम्पनीले जानकारी दिएको छ । 

बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने ‘इक्राएनपी आईआर त्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्ययम सुरक्षित अवस्थामा रहेको समेत संकेत गर्दछ ।

यो ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरीदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्