ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ज्योति विकास बैंक–नाट्टा सम्झौता

२०७८ असार, ३१  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच सहकार्यको सम्झौता भएको छ ।

नाट्टाको वार्षिक साधारणसभा अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र उक्त संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नाट्टाकाका अध्यक्ष अच्युत गुरागार्इंले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले नाट्टामा आबद्ध व्यवसायी तथा उक्त संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवा र सहज वित्तीय सेवा प्रदान गर्नेछ । बैंकले नाट्टाअन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीले डिजिटल भुक्तानी सेवा आफ्ना व्यवसायमा भित्र्याई लाभग्राहीलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।

बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निम्ति नाट्टासँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउनेछ । बैंकले हाल १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्