ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा

२०७८ असार, ३१  
वाग्मती प्रदेश
NA

सिन्धुपाल्चोक । बाढीपहिरोले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मंगलवार बेलुकादेखि सवारीसाधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भाटेकोशी बाढीले कटान तथा पहिरोले ५० मिटर सडकमा क्षति पुगेको थियो ।     

अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनीयर गोविन्द डुमरीले जानकारी दिए । यद्यपि लिपिङ पुलको अवद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ । असार २ गतेको अविरल वर्षाले सीमा पुल नजिकैपर्ने लिपिङ पुल छेउको करीब १५ मिटर सडक भासिएकाले त्यहाँ बुधवारदेखि काम शुरू गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जिनीयर डुमरीले बताए ।

उक्त पुललाई तलबाट भोटेकोशी र माथिबाट ठाडो खोलाले कटान गरेकाले तत्काल रोकथाम नगरे ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्