ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

२०७८ असार, ३१  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नबिल बैंकले वीर अस्पताललाई अत्याधुनिक अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बैंकको ३७ आंै वार्षिकोत्सव अवसरमा उक्त प्लान्ट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार बैंकले ५० क्युबिक लिटर÷प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको हो ।

यो अक्सिजन प्लान्टले कोरोना महामारी जोखिमको प्रतिकार्य र बिरामीको जीवन रक्षा हुने अक्सिजन आपूर्तिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

गत वर्ष कोभिड–१९ प्रतिकार्यका लागि बैंकले सरकारलाई ६ करोड रुपैयाँ नगद सहयोग गरेको थियो । बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग साझेदारी गरी विपद्को पूर्वतयारी र क्षमता विकासमा काम गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्