ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रि- ओपन सेसनमा १३.३५ अंकले बढ्यो नेप्से

२०७८ असार, ३१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १३ दशमलव ३५ अंकले वृद्धि भएको छ । 

प्रि-  ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८८५ दशमलव ४० विन्दुमा पुगेको हो ।  यस अवधिमा ४२ ओटा कम्पनीको १५ लाख ४ हजार ५९३ कित्ता शेयरको रू. २ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  

कारोबारमा आएका ४२ ओटा कम्पनी मध्ये सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७९८ पुगेको हो ।

त्यसैगरी सानिमा इक्विटी फण्डको इकाई अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९९ प्रतिशतले घटेको हो । उक्त फण्डको इकाई मूल्य प्रतिकित्ता इकाई रू.१६ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्