ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०७८ असार, ३१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ३०० ले बढेको सुनको भाउ बिहीवार रू. ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार ३१५ मा कारोबार भएको चाँदी बिहीवार रू. ५ ले बढेर रू. १ हजार ३२० खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्