ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लगानीकर्ताको आकर्षण जलविद्युतको शेयरमा : ५ ओटा कम्पनीको मूल्य उच्च दरले वृद्धि

२०७८ असार, ३१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बजार खुलेको डेढ घण्टाको कारोबार अवधिमा अधिकांश जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । 

बजार खुलेको डेढ घण्टामा कारोबारमा आएका २१३ ओटा कम्पनीमध्ये ५ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । 

रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६७ प्रतिशत, ङादी ग्रुप पावर कम्पनीको ७ दशमलव ४९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ७ दशमलव २९ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ६ दशमलव ४६ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको हो । 

यी पाँचओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्