ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

जोखिम कायम रहेको भन्दै चितवनमा एकसाता निषेधाज्ञा थप 

२०७८ असार, ३१  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, चितवन । चितवनमा पुन निषेधाज्ञा लम्ब्याएर साउन ७ गतेसम्म थप गरिएको छ ।

चितवनमा नयाँ डेल्टा भाइरस पुष्टि भएसँगै अझै कोरोना संक्रमणको जोखिम रहेको भन्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ । कार्यालयले बिहीवार आदेश जारी गर्दै साउन ७ गतेसम्मका लागि थप गरेको हो ।

जारी निषेधाज्ञा बिहीवार राति १२ बजेदेखि सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले प्रशासनले एक साता थप गरेको हो । थपिएको निषेधाज्ञा यसअघि गरिएको निषेधाज्ञाका आदेशहरुलाई निरन्तरता दिइएको छ । 

बढी भीडभाड हुने सेमिनार, सभा, शैक्षिक संस्था, पार्टी प्यालेस र धार्मिक स्थलमा हुने गतिविधिलाई रोकिएको छ भने घरमै सञ्चालन गर्ने सामाजिक संस्कारका कार्यहरुलाई बढीमा १५ जनाको सहभागितामा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी निषेधाज्ञामा उल्लेख छ ।

अन्य व्यवसाय तथा सेवा दिने कामहरुको हकमा यसअघि गरिएको निषेधाज्ञा अनुसार तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्न पाइनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्