ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १६.३२ % लाभांश पनि पारित

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । 

भर्चुअल माध्यमबाट आयोजित सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२ प्रतिशत नगद लाभांश गरेर कुल १६ दशमलव ३२ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड रहेको छ । १५ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू. १ अर्ब ५२ करोड पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्