ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चालू आवको ११ औं महीनासम्ममा उपभोक्ता मुद्रास्फिति ४.१९ % मा सीमित    

२०७८ असार, ३१  
समाचार
Image Not Found

असार ३१,   काठमाडौं । चालू आर्थिक वर्षको ११औं महीनामा उपभोक्ता मुद्रास्फिति ४ दशमलव १९ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४ दशमलव ५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा शून्य दशमलव ३५ प्रतिशतले घटेर ४ दशमलव १९ कायम भएको हो ।     
     
केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६ दशमलव २२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २ दशमलव ६३ प्रतिशत रहेको छ । विसं २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३० दशमलव ९८ प्रतिशत, ९ दशमलव ८४ प्रतिशत, ९ दशमलव ८१ प्रतिशत र ९ दशमलव ७० प्रतिशत रहेको छ ।     
     
समीक्षा अवधिमा तराई क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । बैंकका अनुसार जेठमा काठमाडौं उपत्यकामा ३ दशमलव ८७ प्रतिशत मुद्रास्फिति रहँदा तराईमा भने ४ दशमलव ४७ प्रतिशत छ ।

यस्तै पहाडमा ४ दशमलव ३२ प्रतिशत र हिमालमा १ दशमलव ७२ प्रतिशत मुद्रास्फिति रहेको छ । विसं २०७७ जेठमा यी क्षेत्रमा क्रमशः ४ दशमलव ४३ प्रतिशत, ४ दशमलव ८६ प्रतिशत, ४ दशमलव १३ प्रतिशत र ४ दशमलव ३४ प्रतिशत मुद्रास्फिति थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्