ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अझै तीन ओटा तहमा  पुग्न सकेनन् वाणिज्य बैंक        

२०७८ असार, ३१  
समाचार
Image Not Found

असार ३१, काठमाडौं । तीन ओटा स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेको  छैन।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको ११ महीना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन ओटा स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।     
     
केन्द्रीय बैंकका अनुसार हालसम्म ७५० ओटा स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कुल ७५३  ओटा स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० ओटा तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।     
     
वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका छन् । जेठ मसान्तमा हाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १३८ ओटा रहेको छ ।

त्यसमध्ये २७ ओटा वाणिज्य बैंक, १८ ओटा विकास बैंक, २० ओटा वित्त कम्पनी, ७२ ओटा लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।     
     
     
२२० ओटा बैंक तथा वित्तीय संस्था मर्ज     
     
बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/ ७८ को जेठसम्म २२० ओटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/ गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ जेठ मसान्तसम्म कुल यसमध्ये १६६ ओटा संस्थाको इजाजत खारेज हुन गई ५४ ओटा संस्था कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्