ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दोहोरो अंकले बढेको बजारमा ६ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

२०७८ असार, ३१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं ।  चालू आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीवार बजार दोहोरो अंक अर्थात् ११ दशमलव ३३ अंकले वृद्धि भएको छ ।

यो दिन दोहोरो अंकले बजार बढ्दा कारोबारमा आएका २२३ ओटा कम्पनीमध्ये ६ ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । ती कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रप पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ४० प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७० पुगेको छ ।  त्यसैगरी रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ९१ प्रतिशत, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ७ दशमलव ८८ प्रतिशत, मञ्जुश्री फाइनान्सको ७ दशमलव ८३ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड २ को ७ दशमलव ७८ प्रतिशत र लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ७ दशमलव ०४ प्रतिशतले वृद्धि भएको हो ।

ती छ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । रैराङ हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू.४२८, गणपति माइक्रोफाइनान्सको रू.१ हजार ७८०, मञ्जुश्री फाइनान्सको रू.१ हजार २८०, एनआइबिएल समृद्धि फण्डको रू.१० दशमलव ८१ र लिवर्टी इनर्जीको शेयरमूल्य प्रतिकित्ता रू. ३८० पुगेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्