ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु पुष्टि, २६७६ जना संक्रमित थपिए

२०७८ असार, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीवार ८ हजार २५६ पीसीआर परीक्षणमा १ हजार ७८२ जना र ४ हजार ५१२ जनामा एन्टिजेन परीक्षण गर्दा ८९४ जना गरी कुल २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो । 

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ पुगेको छ । सक्रिय संक्रमितमध्ये २४ हजार २५ जना होम आइसोलेशनमा र ६१४ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

यसैगरी, बिहीवार १ हजार ७५७ जना निको भएसँगै हालसम्म ६ लाख २६ हजार ४६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्