ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आजै हुने

२०७८ असार, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँटफाँट हुने भएको छ । 

प्रभु क्यापिटलले  आज साँझ आईपीओको बाँडफाँट हुने जानकारी गराएको हो । आईपीओको प्रि - अलोटमेण्ट आजै सम्पन्न भएको हो । 

धितोपत्र बोर्डले आजै अनुमति दिएकाले बाँडफाँट गर्न लागेको जानकारी विक्री प्रबन्धकले जानकारी गराएको हो । कम्पनीले असार २४ गतेदेखि २८ गते सम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन विक्री खुला गरेको थियो । 

जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानीकोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

उक्त आईपीओमा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ताका लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ५ दशमलव ८५ गुणा बढी आवेदन परेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्