ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निषेधाज्ञामा डिजिटल कारोबार : भुक्तानी रकममा वृद्धि

२०७८ असार, ३१  
समाचार
Image Not Found

असार ३१, काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोबार रकममा वृद्धि भएको छ ।

निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महीनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोबार रकममा वृद्धि भएको हो ।     
     
 राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महीनाको तुलनामा जेठमा क्यूआर स्क्यान, मोबाइल वालेट र ई–कमर्समार्फत हुने कारोबार रकममा कमी आएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आईपीएसमार्फत १ अर्ब ६९ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जेठमा १ खर्ब ५८ अर्ब २५ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भएकामा वैशाखमा १ खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।     
     
 इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा ११ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार छ । गत वैशाखको तुलनामा जेठमा १ अर्ब ६२ करोड  रुपैयाँभन्दा  बढीको कारोबार भएको छ ।

मोबाइल बैंकिङमार्फत गत वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा  ५३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत ४ अर्ब २७ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।     
     
घट्यो वालेटको कारोवार     
     
 वालेटमार्फत गत वैशाखमा १० अर्ब १० लाख  रुपैयाँ बराबरको कारोवार भएकामा जेठमा ८ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वैशाख महीनाको तुलनामा जेठमा मात्र १ अर्ब ७५ करोड ३० लाख रुपैयाँले कारोबारमा कमी आएकोे हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्यूआरमा आधारित भुक्तानीमार्फत हुने कारोबारमा ५६ करोड १० लाख रुपैयाँले कमी आएको छ ।

वैशाखमा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कारोबार भएकामा जेठमा १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको कारोवार भएको छ । यस्तै गत वैशाखको अनलाइन (ई–कमर्स) का माध्यमबाट ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएकामा जेठमा कारोवार रकममा कमी आई १६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्