ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

होमस्टे प्रवर्द्धनका लागि पदमार्ग

२०७८ सावन, १  
गण्डकी प्रदेश
NA

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक होम स्टे प्रवर्द्धनका लागि पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरनामा जाने झण्डै एक किमी लामो पदमार्ग निर्माण गरिएको हो । उक्त पदमार्ग बनेपछि स्थानीयवासीले झरनामा पुगेर घुम्ने क्रम शुरू भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको १० लाख र अन्य स्रोत समेत परिचालन गरेर १५ लाखमा उक्त पदमार्ग निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए ।     

यो पदमार्गबाट झरनामा पुगेपछि सानो टहरा र फलामे पुलसमेत बनाइएको छ । घुम्न गएकाहरूले यो पुल तरेर वारि र पारिको दृश्यावलोकन गर्न सक्छन् । ‘शीतल र आनन्द लाग्ने स्थान रहेछ, यो वनभोज जानेका लागि पनि उपयुक्त स्थान हो,’ वडासदस्य कृष्णबहादुर थापाले भने, ‘वडाध्यक्षले यस्ता महŒवपूर्ण स्थान हेरेर सही लगानी गर्नुभएको रहेछ ।’ आगामी हिउँदमा वनभोज स्थलसमेत राख्ने योजना लामिछानेले बताए ।

डोटे देउरालीमा आठ घर होमस्टे छन् । जिल्ला र बाहिरबाट आएका २० जनासम्मको समूहलाई अग्र्यानिक खाना खुवाएर राख्न सक्नेगरी यो होमस्टे निर्माण भएको हो । ‘घर सरसफाइ, जैविक खाना र शुद्ध पानीको व्यवस्था घरघरमै भएको छ,’ लामिछानेले भने, ‘एक दिने घुमाइका लागि आउनेलाई पनि यो राम्रो गन्तव्य बन्छ भनेर लगानी गरियो ।’ होमस्टेबाट धौलागिरि र माछापुच्छ्रे हिमाली शृंखला पनि देख्न सकिन्छ ।

पर्यटन प्रवद्र्धनकै लागि होमस्टे नजिकै मदन भण्डारी पार्कसमेत निर्माण भएको छ । घुम्न आएका पाहुनाहरू यहाँ बसेर हिमाली दृश्य र रेशका अधिकांश बस्ती हेर्न सक्छन् । यहाँबाट बिहुँ, भीमापोखरा, पञ्चकोटसहितका क्षेत्र देखिन्छ । वडाको बजेटबाट गतवर्ष बनाइएको यो पार्क सम्पन्न गर्न ५ लाख मात्रै खर्च भएको लामिछानेले जानकारी दिए ।

‘बिहान बेलुकी काम गरेर थाकेका स्थानीयवासीले थकाइ मार्न पनि पार्क पुग्ने गर्छन्,’ स्थानीयवासी रनमाया थापाले भने, ‘यो पार्कले गाउँको मुहारै फेरिदिएको छ ।’ यहाँ कम्पाउण्ड तारबार लगाएर घेरिएको छ । बीचमा पोखरी र पानीको फोहोरा राखिएकाले धेरैको आकर्षक बनेको हो । राष्ट्रिय झण्डा राखिएकाले फोटो खिच्नेका लागि पनि उपयोगी भएको छ ।

वडाभित्रका पर्यटकीय गन्तव्य, मठमन्दिर र गाउँ जोड्ने पदमार्ग र सडकहरूस्तरीय बनाउनसमेत वडाले लगानी गरेको छ । सबै टोलमा पुग्ने स्तरीय सडक बनाइएकाले वर्षात्मा पनि नियमित सवारीसाधन सञ्चालन भएको लामिछानेले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्