ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा 

२०७८ सावन, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं । मेरो माइक्रोफाइनान्सको १६ दशमलव ९४ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको हो । कम्पनीले असार ३० गते उक्त बोनस बापतको १४ लाख ४८ हजार ६०० कित्ता शेयर सूचीकृत गराएको हो । 

बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । 

कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । 

बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव समेत कम्पनीले सोही सभाबाट पारित गरेकाले शेयरधनीहरुले बोनस बापतको कर तिर्नुपर्ने छैन । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्