ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राज्यविहीनताको सिकार अर्थतन्त्र

२०७८ सावन, १  
१० वर्ष अघि
NA

मुलुकको केन्द्रीय बैंकको गभर्नर पद रिक्त भएको एक महिना पूरा भएको छ । दोहो¥याएर कामु गभर्नरको जिम्मेवारी पाएका डेपुटी गभर्नरको हैसियत पनि पहिलेको जस्तो मजबुत छैन । एक त उनी आफै गभर्नर पदका लागि सिफारिसमा नपरेकोमा खिन्न छन् र काम गर्न कुनै उत्साह देखाइरहेका छैनन् जुन स्वाभाविक पनि हो । अर्को, उनी पनि केही दिनमा सेवानिवृत्त हुँदै छन् । त्यसैले उनको कार्यालयमा उपस्थिति त केवल हाजिर जनाउनुमा मात्रै सीमित छ । यसको अर्थ हो, अहिले मुलुकमा मौद्रिक अधिकारी छैन । दिनानुदिन गहिरिँदै गएको वित्तीय संकटलाई गम्भीर प्रकृतिको आर्थिक मन्दीमा अल्झिन नदिन सक्रियताका साथ काम गर्नुपर्ने बेलामा केन्द्रीय बैंक नेतृत्वविहीन हुँदा अनेकौं अप्ठेराहरू परेका छन् । तर, समस्याको गाम्भीर्य बुझ्ने क्षमता शासनसत्तामा बस्ने राजनीतिक नेतृत्वलाई पटक्क्कै नभएको कारण समयमा गभर्नर नियुक्ति हुन सकेको छैन ।

गत बिहीवार अर्थमन्त्री सुरेन्द्र पाण्डेले धितोपत्र बोर्डका अध्यक्ष डा. शुरवीर पौडेल र नेपाल राष्ट्र बैंकका कामु गभर्नर कृष्णबहादुर मानन्धरलाई मन्त्रालयमा बोलाउँदा दुवै उपस्थित भएनन् । लगानीकर्ताहरूकै अवरोधका कारण धितोपत्र कारोबार अवरुद्ध भएपछि त्यसको समाधान खोज्न उनीहरूलाई बोलाएका थिए । अर्थमन्त्रीले आफ्नो कार्यालयमा लगानीकर्ताको प्रतिनिधिमण्डललाई पर्खाएर नियामक निकायका प्रमुखहरू आएपछि छलफल गर्ने बताएका थिए ।

वर्ष ५, अंक २६, २०६६, फागुन १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्