ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विभिन्न अस्पताललाई बुटवल पावरको ५० लाख सहयोग

२०७८ सावन, १  
बजार
NA

काठमाडौं (अस) । बुटवल पावर कम्पनी (बीपीसी) ले कोभिड–१९ नियन्त्रणमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले सञ्चालन गरेका तथा निर्माणाधीन चरणमा रहेका जलविद्युत् आयोजना अवस्थित प्यूठान, स्याङ्जा, लमजुङ र मनाङ तथा धुलिखेल अस्पताल काभे्रपलाञ्चोकलाई कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सो रकम बराबरको मेडिकल उपकरण तथा आर्थिक सहयोग उपलब्ध गराएको हो ।

कम्पनीले झिमरुक जलविद्युत् केन्द्र, प्यूठानका स्थानीयलाई आइसोलेसन सञ्चालनका लागि १ लाख सहयोगका ६ लाख बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । त्यस्तै, आँधीखोला जलविद्युत् केन्द्र, स्याङ्जाको गल्याङ नगर अस्पताललाई ७ लाख बराबरको मेडिकल उपकरण हस्तारण गरिएको छ ।

ङ्यादी जलविद्युत् आयोजना रहेको लमजुङका स्थानीयलाई सहयोगस्वरूप  ७ लाख बराबरको मेडिकल उपकरण लमजुङ जिल्ला अस्पताल बेंसीसहरलाई र २ लाख बराबरको मेडिकल उपकरण मस्र्याङ्दी गाउँपालिकालाई उपलब्ध गराइएको कम्पनीले बताएको छ ।

कम्पनी र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा मर्स्याङ्दीमा निर्माण हुने जलविद्युत् आयोजना क्षेत्रका स्थानीयलाई लक्षित गरी मनाङ जिल्ला अस्पतालका लागि
७ लाख बराबरको अक्सिजन सिलिन्डर खरिद गरी पठाउने क्रममा अत्यधिक वर्षाको कारणले बाटो अवरुद्ध हुँदा लमजुङको बेंसीसहरमा राखिएको कम्पनीको भनाइ छ ।
कम्पनी आबद्ध संस्था इप्पानमार्फत  ५ लाख ११ हजार १११ रुपैयाँ कोभिड–१९ रोकथामतथा नियन्त्रण कार्यलाई सहयोग गरिएको छ ।

धुलिखेल अस्पताललाई कोभिड—१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न बीपीसीका सञ्चालक ओमप्रकाश श्रेष्ठले अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुलाई असार ३० गते १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्