ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिम्फोनी ब्रान्डका मोबाइल बजारमा

२०७८ सावन, १  
बजार
NA

काठमाडौं (अस) । बंगलादेशी मोबाइल फोन ब्रान्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । सिम्फोनीका मोबाइल फोन सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो । सिम्फोनी ब्रान्डका ६ स्मार्टफोन मोडल कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड १८, जेड २८, जेड ३२, जेड ३०प्रो र जेड ४० स्मार्ट फोन सार्वजनिक गरेको हो ।

कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्रान्डका फोन अन्तर्राष्ट्रिय गुणस्तर र नवीनतम प्रविधि र युवामैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षाका लागि उपयुक्त रहेको बताइएको छ । फोनमा फोटोग्राफीका लागि ड्युल र ट्रिपल क्यामेरा रहेको छ । ‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्रान्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्रान्डका फोनमा प्रिमियम फिचर रहनुका साथै युवा पुस्तालाई आकर्षित गर्नेछ’, सेल्स/मार्केटिङ म्यानेजरद्वय राजेश चालिसे तथा गोविन्द बस्यालले भने । हाल सार्वजनिक गरिएका मोबाइलको मूल्य ११ हजार ७९९ देखि १६ हजार ८९९ रुपैयाँसम्म रहेको कम्पनीले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्