ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नर्भिक हस्पिटलको अध्यक्षमा सिंह र सीईओमा मिश्र

२०७८ सावन, १  
बजार
Image Not Found

काठमाडौं (अस) । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पताल सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयकुमार मिश्रलाई नियुक्त गरेको हो ।

अध्यक्षमा नियुक्त सिंह यसअघि सोही अस्पतालको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो ।

नेपाल प्रहरीको एआईजीबाट अवकाश प्राप्तपछि सिंह नर्भिकमा आएका थिए । सिंहले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई एकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एन्ड पोलिस म्यानेजमेन्ट विषयमा युकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् ।

यसैगरी सीईओमा नियुक्त मिश्रले कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाइसकेका छन् । उनी विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञसमेत हुन् ।

मिश्र यसअघि युनाइटेड फाइनान्सको सीइओको रूपमा कार्यरत थिए । युनाइटेड फाइनान्सलाई नबिल बैंकमा सफल रूपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ क्षेत्रबाट अवकाशको घोषणा गरेका थिए ।

मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंकलगायत आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ । मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजनलगायत संस्थाका काम गरेका थिए ।

मिश्रले काठमाडौं युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा एमफिलसम्मको अध्ययन पूरा गरेका छन् । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बीएलसी होल्डिङ्सकै कायम रहनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्