ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सीताराम डेरी स्थापनाको २५ वर्ष : वार्षिकोत्सव अवसरमा विविध उत्पादन बजारमा

२०७८ सावन, १  
बजार
Image Not Found

काठमाडौं (अस) । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध उत्पादन र बिक्री वितरणको २५ वर्ष पुगेको अवसरमा विभिन्न उत्पादन बजारमा ल्याएको छ । केडिया अर्गनाइजेसनको भगिनी संस्थाको रूपमा स्थापना भएको सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिको कारखाना कीर्तिपुरको दूधपोखरीमा छ ।

कम्पनीले आधुनिक प्रविधिसँगै नेपालीको भान्सामा आवश्यक पर्ने सीतारम दूध, सीताराम घिउ, पनिर बटर, चिनीसहित र चिनीरहितको दही, सीतारमा फ्रेस मिल्क तथा लस्स्सी बजारमा बिक्री वितरण गरिरहेको छ । कम्पनीका बहु उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । ग्राहकको सल्लाह र सुझाअनुरा कम्पनीका उत्पादन बजारमा बिक्री हुँदै आएको उनको भनाइ छ । कम्पनीका उत्पादन खुद्रा पसलदेखि डेरी हुँदै भाटभटेनी, बिगमार्टलगायत विभिन्न डिपार्टमेन्ट स्टोरसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । सीताराम डेरीले कुलेश्वरमा आफ्नै आउटलेटबाट यी उत्पादन पनि बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्