ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वाईवाई डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन बजारमा

२०७८ सावन, १  
बजार
Image Not Found

काठमाडौं (अस) ।  चाउचाउ ब्रान्ड वाईवाईले नयाँ स्वाद थप गर्दै डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन बिक्री सुरु गरेको छ ।

डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन स्वादको वाईवाई १०० ग्राम तौलको प्याकमा उपलब्ध छ ।

यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी पकाउन सकिन्छ ।

वाईवाई सबै उमेर समूह र समुदायमा रुचाइएको चाउचाउ रहेको दाबी कम्पनीको छ ।

नयाँ उत्पादन खुद्रा पसलदेखि सुपर मार्केटसम्म सहजै उपलब्ध गराइने कम्पनीले जनाएको छ । वाईवाईलाई नेपालभर स्टेपल फुडका रूपमा पनि उपभोग गर्ने गरिएको छ ।
हाल वाईवाई ब्रान्डका चाउचाउ २७ फरक स्वादमा बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

कम्पनीको नयाँ उत्पादन  वाईवाई डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेनको बजार मूल्य ५० रुपैयाँ पर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्