ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य स्थिर

२०७८ सावन, १  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं । साउन महीनाको पहिलो तथा साताको अन्तिम दिन कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ५०० ले बढेको सुनको मूल्य शुक्रवार भने स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको छ । बिहीवार पनि छापावाला सुन सोही मूल्यमा खरीदविक्री भएको थियो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भइरहेको छ । 

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीवार प्रतितोला रू. १ हजार ३२० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्