ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ग्रेटर वीरगञ्जको संयोजकमा अशोककुमार टेमानीलाई मनोनयन

२०७८ सावन, १  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, वीरगञ्ज  । वीरगञ्ज उद्योग वाणिज्य संघले ग्रेटर वीरगञ्ज समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार टेमानीलाई मनोनयन गरेको छ । 

समिति विस्तार कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले ग्रेटर वीरगञ्ज समितिको संयोजकमा टेमानीको मनोनयनले संघको समग्र उद्देश्य पूरा गर्न सहज हुने विश्वास व्यक्त गरे ।

ग्रेटर वीरगञ्ज समितिका संयोजक टेमानीले ग्रेटर वीरगञ्जको अवधारणालाई मूर्त रुप प्रदान गर्नको लागि स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा समेत निरन्तर संवाद र सहकार्य हुँदै आएको बताए । 

उनले ग्रेटर वीरगञ्जको अवधारणा आफ्नो अध्यक्षीय कार्यकालमा शुरुवात भएकोले यसलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्