ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल पुनर्बीमा कम्पनीले बल्ल प्रकाशित गर्‍यो वित्तीय विवरण, खुद बीमाशुल्क १९.९३ % ले वृद्धि

२०७८ सावन, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं नेपाल पुनर्बीमा कम्पनीले गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण ढिलोगरी सार्वजनिक गरेको छ ।

शुक्रवार प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको नाफा सामान्य रुपमा वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ९२ करोड ५७ लाख खुद नाफा कमाएको छ । कम्पनीले निर्जीवन व्यवसायबाट रू. ८२ करोड ४७ लाख ६५ हजार र जीबन बीमा व्यवसायबाट रू. १० करोड १० लाख बराबरको खुद नाफ आर्जन गरेको हो ।

अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा १ दशमलव शून्य ५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले जीबन र निर्जीवन बीमा व्यवसायबाट रू.९१ करोड ६१ लाख ५५ हजार नाफा कमाएको थियो । 

त्यसैगरी कम्पनीको खुद बीमाशूल्क अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा गत आवको तेस्रो त्रैमासमा १९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले  गत आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ५ अर्ब ९२ करोड ५६ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । निर्जीबन व्यवसायबाट रू.५ अर्ब२२ करोड ६१ लाख र जीवन बीमा व्यवसायबाट रू.६९ करोड ९५ लाख ४९ हजार बराबरको खुद बीमाशुल्क आर्जन गरेको हो ।

 अघिल्लो आवको सोही अवधिमा कम्पनीले रू.  ४ अर्ब ९४ करोड ७ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले पुनर्बीमा कमिशत बापत रू. १ करोड ८७ लाख १५ हजार आम्दानी गरेको छ । त्यसैगरी कम्पनीले रू. १ अर्ब ६८ करोढ ८७ लाख पुनर्बीमाका लागि कमिशन खर्च गरेको छ ।

गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. २ अर्ब ६ करोड ४१ लाख दाबी भुक्तानी गरेको छ भने रू. २ अर्ब ३४ करोड ४२ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ३४, मूल्य आम्दानी अनुपात ६८ दशमलव ७० र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव शून्य ५ रहेको छ ।

चुक्तापूँजी रू. १० अर्ब रहेको कम्पनीले जगेडामा रू. ३ अर्ब ३६ करोड ९८ लाख सञ्चित गरेको छ ।कम्पनीले आव २०७६/ ७७ को वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
यो प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृती  तथा बीमा समितिबाट स्वीकृती पाएपछि  र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्