ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

 सुन र चाँदी जस्तो देखिने धातुसहित २ जना पक्राउ   

२०७८ सावन, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं ।  प्रहरीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ११ बाट  सुन र चाँदी जस्तो देखिने धातुसहित दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले उक्त नगरपालिकाको पण्डितपुरस्थित सडकमा लु ३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करीब ११ तोला ५० लाल  सुन जस्तो देखिन धातु र ७ किलो ५०० ग्राम चाँदी जस्तो देखिने धातु, तीन थान मोबाइल, १७ हजार २५० रुपैयाँ र ३ हजार भारतीय रुपैयाँसहित दुई  जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उक्त मोटरसाइकलका चालक सोही नगरपालिका- ११ पण्डितपुर बस्ने ४० वर्षीय मोहम्मद फारुक मुसलमान र सोही ठाउँ बस्ने २४ वर्षीय रहीस अहमद मुसलमान रहेका छन् । 

ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट करीब २३ लाख रुपैयाँ बराबरको उक्त धनमालसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्