ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कुसुवा खोला हाईड्रोपावरको साधारण सभा साउन २२ गते हुँदै

२०७८ सावन, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १, काठमाडौं । कसुवा खोला हाइड्रोपावर लिमिटेडले  वार्षिक साधारण सभा आगामी साउन २२ गते गर्ने भएको छ । 

कम्पनीले सभा बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे गर्ने  बताएको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्