ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विश्व बजारसम्म पहुँच विस्तार गर्नु नेपालको प्राथमिकता  : परराष्ट्र मन्त्रालय    

२०७८ सावन, १  
समाचार
Image Not Found

साउन १, काठमाडौं । नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।     
     
‘मध्य तथा दक्षिण एशियाः क्षेत्रीय सम्पर्क, चुनौती तथा अवसर’ विषयमा उज्बेकिस्तानको राजधानी तासकेन्टमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनको प्रारम्भिक सत्रलाई शुक्रवार सम्बोधन गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालले दक्षिण तथा मध्य एशिया बीच पारस्परिक सहयोगका अथाह सम्भावना रहेको बताए ।   
     
उनले मानव सभ्यताको प्रारम्भदेखि नै दुवै क्षेत्रबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै कोभिड–१९ र जलवायु परिवर्तनका कारण थपिएका चुनौतीका सामना गर्न दुवै क्षेत्र बीच सहकार्य अपरिहार्य भएकामा जोड दिएको परराष्ट्र मन्त्रालयले बताएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्