ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आव ०७७/७८ को अन्तिम साता ५८.२८ अंकले बढ्यो बजार : ३७ अर्बभन्दा बढीको शेयर कारोबार

२०७८ सावन, २  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन २, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को अन्तिम साता शेयर बजार ५८ दशमलव २८ अंकले बढेको छ । गत साता २ हजार ८२५ दशमलव १० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८८३ दशमलव ३८ विन्दुमा पुगेको हो । 

यो साता पाँच कारोबार दिनमा चार दिन बजार बढेको छ भने एक दिन मात्र घटेको छ । साताको पहिलो कारोबार दिन ७३ दशमल ३३ अंकले बढेको बजार दोस्रो दिन ४५ दशमलव शून्य ६ अंकले घटेको थियो । त्यसपछिको तीन कारोबार दिन भने बजार लगातार बढेर बन्द भएको छ । 

तेस्रो कारोबार दिन १६ दशमलव ३४ अंक, चौथो दिन १ दशमलव शून्य १ अंक र पाँचौ दिन ११ दशमलव ३३ अंकले बजार बढेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ६५ अंकले बढेको छ । आर्थिक वर्ष ०७७/८८ पूँजीबजारका लागि सकारात्मक रहेको छ । गत आर्थिक वर्षभन्दा यस वर्ष शेयर बजार १ हजार ५२१ अंक माथि उक्लिएको हो । 

यस वर्षको उच्च विन्दुलाई लिने हो भने बजार १ हजार ६६३ दशमलव ४७ अंकले बजार बढेको छ । गत आर्थिक वर्ष ०७६÷७७ को अन्तिम दिन बजार १ हजार ३६२ दशमलव ३५ विन्दुमा रहेको थियो । आर्थिक वर्ष ०७७÷७८ को कारोबार अवधिमा भने नेप्सेको उच्च अन्तिम विन्दु ३ हजार २५ दशमलव ८२ रहेको छ । जेठ ३१ गते नेपालको शेयर बजारले हालसम्मकै उच्च विन्दु कायम गरेको थियो । आर्थिक वर्षको अन्तिम दिन हालसम्मको उच्च विन्दुभन्दा १४२ दशमलव ४४ अंक तल बजार रहेको छ । 

पछिल्लो साता रू. ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार बराबरको १७ करोड ३१ लाख ९६ हजार ९८२ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता शेयर कारोबार रकमसँगै कारोबार कित्तासमेत बढेको हो । 

गत साता रू. २३ अर्ब २६ करोड ११ लाख ५१ हजार बराबरको ५ करोड ५८ लाख ४८ हजार ५१३ कित्ता शेयर कारोबार भएको थियो । गत साताभन्दा यो साता रू. १४ अर्ब १२ करोड ४८ लाख बराबरको ११ करोड ७३ लाख ४८ हजार ४६९ कित्ता बढी शेयर कारोबार भएको हो ।

कारोबार कित्ताले भने हालसम्मकै रेकर्ड यसै साताको कारोबारमा तोडेको छ । साताको अन्तिम कारोबार दिन रू. ८ अर्ब १४ करोड ३६ लाख १४ हजार बराबरको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर कारोबार भएको हो । त्यस अघि सर्वाधिक कित्ता शेयर कारोबार बुधवार भएको थियो । उक्त दिन रू. ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार बराबरको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर कारोबार भएको थियो ।

पूर्ण अनलाईनमैत्री नेपालको शेयर बजारले छोटो समयमै सकारात्मक गति कायम गरेको छ । आर्थिक वर्षको अन्तिम दिन नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ४० खर्ब १० अर्ब ९५ करोड ७० लाख ८१ हजार कायम भएको छ ।

हालसम्मकै उच्च कुल पूँजीकरण असार २ गते कायम भएको थियो । उक्त दिन रू. ४१ खर्ब ७२ अर्ब २५ करोड ४० लाख ८७ हजार कुल बजार पूँजीकरण कायम भएको थियो । गत आर्थिक वर्षको अन्तिम कारोबार दिनको तुलनामा भने कुल बजार पूँजीकरण यो आर्थिक वर्षको अन्तिम दिनमा रू. २२ खर्ब १८ अर्ब १९ करोड ४० लाख ९६ हजारले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण रू. १७ खर्ब ९२ अर्ब ७६ करोड २० लाख ८५ हजार थियो ।

यो साता वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । गत साताभन्दा यो साता वित्त समूहको परिसूचक १५ दशमलव ५५ प्रतिशले बढेर २ हजार ५०२ दशमलव १३ विन्दुमा पुगेको हो । 

यो साता वित्तसँगै विकास बैंकको परिसूचक ७ दशमलव ०७ प्रतिशत, जलविद्युतको ६ दशमलव शून्य ३ प्रतिशत, लघुवित्तको २ दशमलव ३२ प्रतिशत, बैंकिङको १ दशमलव ९१ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ९४ प्रतिशत, लगानीको १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशतले परिसूचक बढेको छ । 

यस साता व्यापारिकको शून्य दशमल शून्य १ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव २१ प्रतिशत र उत्पादन तथा प्रशोधनको १ दशमलव ५० प्रतिशत परिसूचक घटेको छ ।

गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :
                                                                                           स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :

                                                                                            स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्