ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रिद्धि सिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड

२०७८ सावन, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २, काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ ।

४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै गुणस्तरमा ठूलो उपलब्धि हासिल गदै यसले थप जिम्मेवारी बोध भएको कम्पनीले बताएको छ ।

कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने पनि कम्पनीले बताएको छ ।

निर्माण कार्य गर्नुअघि ग्राहकहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले कोरोनाका कारण स्थगित “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना पुन : सुचारु गरिएको पनि बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्