ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यातायात क्षेत्रलाई सम्बोधन गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघको माग

२०७८ सावन, २  
समाचार
Image Not Found

साउन २, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।     
     
प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार बालुवाटारमा बधाई तथा शुभकामना दिंदै महासंघका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग गरेका हुन् ।    
     
भेटमा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्