ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

२०७८ सावन, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २, काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनीसँग आईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी व्यवसायिक चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

उनीसँग एनआईसी एशिया बैंकको  विभिन्न पदमा १२ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव पनि रहेको छ । हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा समग्र व्यवसाय विस्तार र प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई नयाँ उचाई चुम्ने विश्वास लिएको क्यापिटलले बताएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्