ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा १६ अर्ब ६१ करोडभन्दा बढी राजस्व असुली   

२०७८ सावन, २  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन २, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०७७/ ७८ मा १६ अर्ब ६१ करोड ५० लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

राजस्व विभागले उक्त वर्ष १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ संकलन गर्ने  लक्ष्य दिएकोमा १२ प्रतिशत कम संकलन भई ८७ दशमलव ७४ प्रतिशत राजस्व असुली भएको  हो । 

कार्यालयले आयकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, बहालकर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर शिर्षकबाट राजस्व असुली गर्दै आएको छ । 
ती शिर्षकमध्ये आयकर, ब्याजकर र मूल्य अभिवृद्धि करबाट मात्रै लक्ष्यभन्दा बढी कर असुल गरेको छ भने अन्य शिर्षकमा लक्ष्यभन्दा कम राजस्व असुली भएको छ । 

जसअनुसार आयकर शिर्षकमा गत वर्ष २ अर्ब २१ करोड १८ लाख २३ हजार रुपैयाँ लक्ष्य दिएकोमा २ अर्ब ३३ करोड १९ लाख ९१ हजार रुपैयाँ संकलन भएको छ । यस्तै ब्याजकर शिर्षकमा ३ करोड ६७ लाख ५६ हजार रुपैयाँ लक्ष्य दिएकोमा तेब्बरभन्दा बढी अर्थात् १२ करोड ७३ लाख ३१ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर शिर्षकमा १ अर्ब ७८ करोड ३५ लाख ६२ हजार रुपैयाँ लक्ष्य दिइएकोमा २ अर्ब ३१ करोड ८६ लाख ८४ हजार रुपैयाँ राजस्व असुली भएको छ । 

यस्तै बाँकी अन्य कुनैपनि शिर्षकमा कार्यालयले राजस्व असुली लक्ष्य अनुसार संकलन गर्न सकेको छैन । सबैभन्दा बढी राजस्व संकलन गर्ने अन्तःशुल्क शिर्षकमा राजस्व संकलन लक्ष्य अनुसार नहुँदा कुल राजस्व संकलनमा असर परेको छ । उक्त शिर्षकमा गत वर्ष १४ अर्ब ८० करोड ५० लाख ८७ हजार रुपैयाँ लक्ष्य रहेकोमा ११ अर्ब ७८ करोड ५८ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

बहाल कर शिर्षकमा ६ करोड ३० लाख ७१ हजार रुपैयाँ लक्ष्य दिइएकोमा ४ करोड ६९ लाख ९५ हजार रुपैयाँ, शिक्षा सेवा करमा ६८ लाख ७७ हजार रुपैयाँ लक्ष्य दिइएकोमा २ लाख ८४ हजार रुपैयाँ संकलन र स्वास्थ्य सेवा कर शिर्षकमा ८७ लाख ५ हजार रुपैयाँ लक्ष्य दिइएकोमा ३९ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले यो वर्षको निषेधाज्ञा अघिल्लो वर्षजस्तो कडा नभएकोले राजस्व संकलनमा खासै फरक नआएको बताए ।

आयकर, मूल्य अभिवृद्धि कर र ब्याजकर शिर्षकको राजस्व  अन्तर्गत अघिल्ला वर्षमा रहेका बक्यौता रकम पनि यस वर्ष असुली भएकोले पनि लक्ष्यभन्दा बढी संकलन गरिएको उनको भनाइ छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्