ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोना संक्रमणबाट २१ जनाको मृत्यु पुष्टि, १८७५ जना संक्रमित थपिए

२०७८ सावन, २  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २, काठमाडौंं । नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएका अनुसार उक्त अवधिमा १० हजार ६६ जनाको गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६ हजार ८५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार २०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार  उक्त अवधिमा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन् । यसैगरी उक्त अवधिसम्ममा २१ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ। 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्