ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धरानको स्मार्ट बसपार्क निर्माणको सम्झौता सम्पन्न

२०७८ सावन, २  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

साउन २, धरान । लामो समयदेखि विवादित रहेको धरानको स्मार्ट बसपार्क बनाउन सम्झौता सम्पन्न भएको छ । 

बुधवार उपमहानगरपालिका र निर्माण व्यवसायी गिताञ्जली जेभि दुहबी सुनसरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको धरान उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । 

धरान ८ स्थित तीनकुने सुन्दरबस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको छ । ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडी बढाउने इञ्जिनियर श्रेष्ठले बताए । 

इञ्जिनियर श्रेष्ठका अनुसार बसपार्क कर सहित गरेर २३ करोड १५ लाख ३ हजार २९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उनले भने, ‘३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ, ५० प्रतिशत नेपाल सरकारनो अनुदान छ भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

धरानको विकास र समृद्धिको लागि विगत लामो समयदेखि बसपार्क निर्माण योजना थियो । अब चाडै पूरा हुने उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । 
उनले भने, ‘चाडो भन्दा चाडो बसपार्क निर्माण सकियो भने धरानको शुन्दरता थप झल्किनेछ ।’ उपमेयर मञ्जु भण्डारीले ३० वर्षदेखि जनप्रतिनिधिले देखेको सपना अब पूरा हुन लागेको बताईन् ।

निर्माण व्यवसायी गिताञ्जली जेभिका सञ्चालक सपन दासले अब १५ दिनभित्रमा काम निर्माण थाल्ने बताए । तोकिएको समयभित्र निर्माण पूरा गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्