ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल हस्तकला व्यवसायी संघद्वारा अन्तरक्रिया आयोजना

२०७८ सावन, ३  
बजार
NA

काठमाडौं (अस) । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले ‘लघु तथा साना उद्योगी र व्यवसायीका लागि वित्तीय सहयोगको सहजीकरण : चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संघले असार २५ गते भच्र्युअल माध्यमबाट उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा संघका अध्यक्ष मीरा भट्टराईले कोभिड–१९ को महामारीका कारण प्रभावित हस्तकला क्षेत्रका साना तथा मझौला व्यवसायीले विभिन्न चुनौतीको सामना गर्नुपरेको बताइन् ।

श्रमिकको पारिश्रमिक, विक्रेताको बक्यौता, ऋणको भुक्तानीको बोझका लगायत कारण व्यापारमा आएको मन्दी भन्दै उनले मागमा आएको ह्रास, व्यापार घाटा, विपरीत नगद प्रवाह, तरलताको समस्या जस्ता असहज परिस्थितिबाट व्यवसाय उकास्न धौ धौ परिरहेको उल्लेख गरिन् । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले वर्तमान महामारीले हस्तकला क्षेत्रका व्यवसायीले धेरै किसिमका कठिनाइको सामना गर्नुपरेको बताए । अन्तरक्रिया कार्यक्रमका स्रोत व्यक्ति बैंक अफ काठमाडौं ठमेलकी शाखा प्रबन्धक बिमी बानुले बैंकको ठमेल शाखा नेपाल निर्यात परिषद् (इकोन)को संस्थागत साझेदार भएको भन्दै नेपाल राष्ट्र बैंकले निर्यातकर्तालाई दिने निर्यात प्रोत्साहन प्रक्रियामा बैंकले सहजीकरणको भूमिका निर्वाह गर्ने स्पष्ट पारिन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्