ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

८ % ब्याजदरको नबिल बैंकको ऋणपत्र साउन १० गतेदेखि विक्रीमा

२०७८ सावन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमााडौं । नबिल बैंक लिमिटेडले वार्षिक ८ प्रतिशत ब्याजदरको ऋणपत्र साउन १० गतेदेखि निष्कासन तथा विक्री खुला निष्कासन गर्ने भएको छ ।

बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्कासन तथा विक्री खुला गर्न लागेको हो । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंकले जानकारी दिएको छ । सर्वसाधारणका लागि विक्री गर्ने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सो ऋणपत्र खरीदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनु पर्नेछ भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । आववेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकलाई इक्रा नेपालले निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छ । 

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । उक्त ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २ गते नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्